बिरगंज । सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो।
सरकारले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्ने भएको छ । सरकारले यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी भेट्याउन सकेन ।
देशभरबाट ४० जनाले पुरस्कार पाउँदै गर्दा पर्सामा कार्यरत कर्मचारीहरुमा कसैले पनि पुरस्कार प्राप्त गर्न सकेनन् । पुरस्कार पाउनमा पर्साका कर्मचारी अयोग्य देखिए । आज २१औँ निजामती दिवस मनाइँदै छ ।







