Categories समाचार

रौतहटमा एक युवकको शव फेला

बिरगंज । रौतहटमा एक युवकको शव फेला परेको छ ।

शनिबार वृन्दावन नगरपालिका १ रमौली घाटस्थित बागमती नदीमा अन्दाजी ३०–३५ वर्षका युवकको शव फेला परेको हो ।

Advertisement

सशस्त्र प्रहरी बेस क्याम्प समनपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट गएको संयुक्त टोलीले शनिवार दिउँसो उक्त शव निकालेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए।

Advertisement

भेटिएको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको सशस्त्र प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ। बरामद शवको सनाखत भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *