Categories एजेन्सी

भवन भत्किँदा चारको मृत्यु, २८ जनाको उद्धार

Advertisement

वीरगन्ज । भारतको लखनऊमा भवन भत्किँदा चार जनाको मृत्यु मृत्यु भएको छ। २८ जनाको उद्धार गरिएको छ भने धेरै जना फसेका छन् ।

लखनऊका जिल्ला मजिस्ट्रेट सूर्यपाल गंगवारले चार जनाको मृत्यु भएको पुष्टि गरे। ‘हालसम्म २८ जनाको उद्धार गरिएको छ। राष्ट्रिय प्रकोप प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ), अग्नि नियन्त्रक र प्रहरीले घटनास्थलमा उद्धार कार्य गरिरहेका छन्’, लखनउ नगरपालिका आयुक्त इन्द्रजित सिंहले भने।

Advertisement

प्रमुख अग्नि नियन्त्रक अधिकृत (सीएफओ) मङ्गेश कुमारले भत्किएको भवनमा अझै धेरै मानिस फसेको आशंका गरिएको बताए। ‘अझै धेरै मानिसहरू फसेको भनिएको छ। फसेकाहरुको यकिन सङ्ख्या थाहा हुन सकेको छैन’, कुमारले भने।

Advertisement

दमकल विभाग, एनडीआरएफ र एसडीआरएफ टोली घटनास्थलमा छन् । घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ। थप विवरण आउन बाँकी छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *