Categories अर्थ

सुनको भाउ तोलामा १२ सय रुपैयाँले घट्यो

Advertisement

काठमाडौं । आइतबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो ।

Advertisement

चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७९५ रुपैयाँ रहेको चाँदी आइतबार १७५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *