Categories समाचार

डिजे तथा आतिशबाजी नगर्न पर्सा प्रहरीको आग्रह, अवज्ञा गरे कारबाही गरिने चेतावनी

Advertisement

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो स्वरमा डिजे तथा आतिशबाजी नगर्न आग्रह गरेको छ।

प्रहरी कार्यालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न कार्यक्रम, -याली, जुलुस, सम्मेलन, तथा धार्मिक-सांस्कृतिक चाडपर्वमा ठूलो स्वरमा डिजे र स्पीकर बजाउन नपाइने जानकारी गराएको छ।

Advertisement

प्रहरीका अनुसार २१ भदौमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ठूलो स्वरमा बजाइने डिजे तथा स्पीकरको आवाजले मानव स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने निष्कर्ष निकालेको छ। यसै सन्दर्भमा सुरक्षा समितिको निर्णय अनुसार यस्तो गतिविधिमा रोक लगाउने निर्णय गरिएको हो।

Advertisement

जिल्ला प्रहरीका प्रवक्ता दीपक भारतीले भने, “थप सुरक्षाका लागि हामीले यो सूचना जारी गरेका हौं। ठूलो आवाजले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने हुँदा, अब यस्तो गतिविधि कानुनविपरीत मानिनेछ।”

यदि कसैले यो सूचनाको अवज्ञा गर्दै डिजे बजाएमा कानुनअनुसार कारबाही गरिने प्रहरीको चेतावनी रहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *