Categories समाचार

२ महिनाको गर्भिणी गाई चोरी गरि काटेर खाएको आरोपमा ४ जना पक्राउ

Advertisement

बिरगंज । झापामा २ महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

गत भदौ १८ गते रातको समयमा झापा दमक नगरपालिका वडा नं. २ बस्ने लछुमन विष्टको वडा नं.१ स्थित पानी ट्याङकी गोठमा बाँधिएको गाई चोरी भएको थियो ।

Advertisement

उक्त गाई गोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगि काटेर मासु लगेको उजुरीका आधारमा अनुसन्धानका क्रममा संलग्नता खेलेपछि चार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।

Advertisement

पक्राउ पर्नेमा दमकस्थित बेलडाँगी शिविरमा आएका भुटानी शरणार्थीहरू प्रेम बहादुर विष्ट, खगेन्द्र दुलाल, विधान थापाका साथै दमक नगरपालिका वडा नं.४ बस्ने गिता श्रेष्ठ रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको चन्दले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *