Categories समाचार

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले दिए राजीनामा

वीरगञ्ज । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन्। महासंघको निर्वाचन मिति पटक-पटक सरेर अब निर्धारित मितिमा पनि निर्वाचन नहुने सम्भावना देखिएपछि पोखरेलले राजीनामा दिएका हुन्।

आइतबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पोखरेलले मतदाताको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने अडान राखेका थिए। तर, अन्य सदस्यहरूले भने निर्वाचनसँग सम्बन्धित विवाद समाधान भएपछि मात्र नामावली सार्वजनिक गर्नुपर्ने धारणा राखेका थिए। यसले गर्दा नामावली सार्वजनिक गर्न नसकिएको र असोज ५ का लागि तय गरिएको निर्वाचन पनि प्रभावित हुने अवस्थामा पुगेको छ।

Advertisement

पत्रकार महासंघको जिल्ला, प्रदेश, र केन्द्रीय निकायको कार्यकाल चैतमै सकिएको भए पनि निर्वाचन सम्पन्न गर्न विभिन्न समस्याहरू देखापर्दै आएका छन्। यसै कारण, अध्यक्ष पोखरेलले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएको बताइएको छ।

Advertisement

पत्रकार महासंघको आगामी गतिविधि र निर्वाचनको प्रक्रिया अब कसरी अघि बढ्ने हो भन्नेबारे थप छलफलहरू जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *