Categories समाचार

महानगरको सबै वडामा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिने

वीरगंज । वीरगंज महानगरपालिकाले ३२ वटै वडाका नागरिकको पहुँचमा सुरक्षित र स्वच्छ खानेपानी पुर्याउन गुरुयोजना तयार गरी लागु गर्ने तयारी गरेको छ ।

वीरगंज महानगरपालिका, नेपाल खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाई कार्य योजना लागु गरी महानगरका सबै वडामा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच पुर्याउन लागिएको हो ।

Advertisement

शुक्रबार महानगरपालिकाका प्रमुख राजेशमान सिंहको कार्यकक्षमा बसेको बैठकमा महानगर प्रमुख सिंहले स्वच्छ र सुरक्षित खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न गुरु योजना बनाएर कार्यान्वयन गर्न ढिलाई भइरहेको भन्दै छिटो योजनालाई कार्यान्वयनमा लैजान जरुरी रहेको बताउनु भयो ।

Advertisement

सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु आफ्नो मुख्य प्राथमिकता भएको भन्दै उहाँले सुरक्षित खानेपानीको परीक्षणका लागि युनिसेफले ल्याब स्थापना गर्ने निर्णय भएको पनि बताउनुभयो ।

बैठकमा खानेपानी गुणस्तर अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याउने तथा महानगर, नेपाल खानेपानी संस्थान र युनिसेफको सयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्य योजना लागु गर्ने निर्णय भएको छ ।

महानगर प्रमुख सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा उप–प्रमुख इम्तियाज आलम, निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, नेपाल खानेपानी संस्थानका महाप्रवन्धक त्रीदिप कुमार श्रेष्ठ, इन्जिनियर निरण महर्जन, प्रविण कुमार साह, युनिसेफका प्रमुख इरफान एस, सुरेन्द्र बावु ढकाल, सिद्धि श्रेष्ठ, महानगरपालिकाका प्राविधिक सल्लाहकार इन्जिनियर प्रकाश अमात्य, राकेश साह लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *