Categories समाचार

बाबुलाई कुटपिट गरी हत्या गरेको अभियोगमा छोरा पक्राउ

बिरगंज । आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले सिरहामा एक जनालाई पक्राउ गरेको छ।

बाबु ६५ वर्षीय भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमाऔरही गाउँपालिका ३ खजनपुरका ३८ वर्षीय शैलेन्द्र कुमार यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

Advertisement

शैलेन्द्र र उनकै श्रीमती ३५ वर्षीया रेणु कुमारी यादवले घरायसी विवादको कारण कुटपिट गर्दा भालेश्वर घाइते भएका थिए।खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले शैलेन्द्रलाई पक्राउ गरेको हो।

Advertisement

कुटपिटबाट घाइते भएका भालेश्वरको प्रादेशिक अस्पताल हुँदै थप उपचारको लागि नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। बाबुको मृत्युपछि प्रहरीले छोरालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *