Categories Uncategorized

राजसंस्था पुन:स्थापना लागि राप्रपाले छठलगत्तै आन्दोलन गर्न कार्यकर्ता उतार्ने

बिरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं केन्द्रित आन्दोलनको तयारीका लागि सबै जिल्ला कार्य समितिलाई परिपत्र गरेको छ।

महामन्त्री तथा संयोजक, आन्दोलन परिचालन समिति डा. धवलशम्सेर राणाले जिल्ला कार्यसमितिलाई पत्र लेख्दै आन्दोलनमा सक्रिय हुनेबारे राजनीतिक, परिचालन र व्यवस्थापनका प्राविधिक विषयहरूमा प्रशिक्षण समेत भएको बताएका छन्।

Advertisement

पत्रमा भनिएको छ, ‘राजसंस्था, सनातन हिन्दू अधिराज्य, प्रदेशी खारेजी, भ्रष्टाचारको अन्त्यलगायत ४० बुँदे माग तथा नवीन समझदारीको प्रस्तावनासहित राष्ट्रिय प्रजातन्त्र पार्टीले सडक संघर्ष जारी राखेको विदितै छ । यसै सन्दर्भमा केन्द्रीय कार्य समिति, कार्य सम्पादन समितिको निर्णयबमोजिम आन्दोलन निरन्तर राख्दै देशभरिका ६,७४३ वडा प्रत्येकबाट कम्तीमा तीन जना बढीमा सके जति जुझारु सहयोद्धाहरू काठमाडौंँ केन्द्रित आन्दोलनमा सहभागी गराइनेछ ।’

Advertisement

आन्दोलन केन्द्रित प्रशिक्षण संचालन गर्न केन्द्रीय प्रशिक्षकहरू सबै जिल्लामा जाने समेत जनाएको छ।

जिल्लाका प्रत्येक वडाबाट कम्तीमा तीन जना बढीमा सके जति जुझारु व्यक्तिहरू सहभागी गराई जिल्लास्तरीय प्रशिक्षण तिहार अगावै सम्पन्न गर्ने तिहार र छठ लगत्तै काठमाडौं केन्द्रित आन्दोलन आरम्भ गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *