वीरगन्ज । वीरगन्ज महानगरपालिकाको जन स्वास्थ्य प्रवर्द्धन शाखाले आयोजना गरेको पालिका स्तरीय पोषण कार्यक्रम २०८०/२०८१ को समिक्षा तथा कार्ययोजना तयारी कार्यक्रम सम्पन्न भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको शैक्षिक तालिम केन्द्रमा गत शुक्रबारदेखि सुरु भएको समिक्षा तथा कार्ययोजना तयारी कार्यक्रम बुधबार सम्पन्न भएको पोषण फाटका प्रमुख जन स्वास्थ्य निरीक्षक सुनिल पटेलले जानकारी गराए ।
दुई चरणमा सञ्चालन गरिएको कार्यक्रममा वीरगन्ज महानगर अन्तर्गतका सम्पूर्ण स्वास्थ्य चौकी प्रमुख र पोषण सम्बन्धि कार्यक्रम हेर्नेको सहभागीता रहेको थियो ।
सम्पूर्ण स्वास्थ्यकर्मीको मिहिनेत र सिमित स्रोत साधनको सदउपयोगले सूचकाङ्कमा सुधार भइरहेकोमा पटेलले खुसी व्यक्त गरेका थिए ।
शरीरलाई आबस्यक सन्तुलित आहार लामो समय सम्म नपाउनाले हुने विकृत अवस्था लाई नै कुपोषण भनिन्छ । चिकित्सकहरूका अनुसार नेपालमा बालबालिकाहरूलाई हुने रोगको प्रमुख कारण कुपोषण नै हो ।
जसका कारण नेपाली बालबालिकाहरूको शारीरिक तथा मानसिक विकास प्रभावित भएको छ । यसरी कुपोषणको सिकार हुनेमा दुई वर्षमुनिका बालबालिकाहरूको संख्या सर्वाधिक देखिएको छ ।
गत शुक्रबार महानगरका निमित्त प्रमुख प्रशासकीय प्रमुख अरबिन्दलाल कर्णले उद्घाटन गर्नुभएको सो समिक्षा तथा कार्ययोजना तयारी कार्यक्रमको समापन बुधबार जन स्वास्थ्य निरीक्षक अनिशकान्त कुश्वाहाको अध्यक्ष्तामा भएको थियो ।
सो कार्यक्रममा शाखा सो कार्यक्रममा शाखाका सिअनमी निरीक्षक इन्दिरा लोहनी, जस्वानी सुमन चन्द्र ठाकुर, पोषण सहजकर्ता खुश्बु श्रीवास्तव, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।







