Categories धर्म/संस्कृति

विन्दवासिनी माई मन्दिरमा सरसफाई

Advertisement

वीरगन्ज । विन्दवासिनी माई मन्दिर प्राङ्गणमा सरसफाई गरिएको छ । हिन्दुहरुको महान पर्व वडा दशैंको तेश्रो दिन आज मन्दिरको प्राङ्गण सहित मन्दिर क्षेत्रको सरसफाई गरिएको छ ।

वीरगंज महानगरपालिकाको वडा नम्बर १९ टोल विन्दवासिनी(केहुनियाँ) मा अवस्थित श्री विन्दवासिनी माई मन्दिरको सरसफाई यहाँका स्थानिय युवाहरुको टोलिले गरेको स्थानिय गुलशन यादवले बताउनु भएको छ ।

Advertisement

विन्दवासिनीमाई मन्दिरको मुख्य मन्दिर र मन्दिर परिसर भित्रको फोहोर सरसफाई गरिएको छ भने मुल प्रवेश द्वारसम्म नै पर्खालको जरामा पलाएको अनावश्यक झारपात समेतको सरसफाई गरिएको यादवले बताउनु भयो ।

Advertisement

हरेक वर्ष दशैको घटस्थापना देखि नै दैनिक हजारौंको संख्यामा दर्शानार्थीहरु आउने गरेको र फुलापातीको दिन देखि नै ठूलो मेला लाग्दै आएको स्थानिय युवा एवं शिक्षक साजन क्षेत्रीको भनाई छ ।

वर्षैभरी बलि दिन पाउने पर्सा जिल्लाको एक मात्रै शक्ति पिठको रुपमा परिचित विन्दवासिनी माई मन्दिरमा दशैंको बेला अष्टमीको दिनदेखि बलि दिने चलन छ ।

घटस्थापना देखि फुलापातीसम्म हरेक दिन साँझ आरतीको समयमा पनि भक्तजनको भिड नगण्य मात्रामा हुने गरेको स्थानीय युवा रवि गुप्ताले बताउनु भयो ।

दशैंको घटस्थापनादेखी नै पुजा गर्न आउनेको भिड अत्यधिक हुने विन्दवासिनीमाई मन्दिरमा मुलत: फुलापातीदेखि पुर्णिमासम्मै मेला लाग्ने गर्दछ ।

यसवर्षको चहल पहल पनि सुरु भइसके पनि स्थानिय निकाय एवं जनप्रतिनिधिको खसै चाँसो नदेखिएकोले हामिहरु आफैले सरसफाईमा जुट्नु परेको स्थानीय युवाहरुको भनाई छ । मन्दिरको सरसफाईमा कोन्हियामा अवस्थित सशस्त्र प्रहरी बलको टोलिले पनि सहकार्य गरेको थियो ।

देश विदेशबाट पुजा गर्न आउने कतिपय भक्तजनहरुले विन्दवासिनी माईलाई कुलदेवीको रुपमा नै पुजा गर्ने गर्छन् ।
मन्दिरको ईतिहास राजा रणबहादुर शाहसँग जोडिएको पाइन्छ ।

मन्दिरका पुजारी पुरुषोत्तम देव उपाध्यासँग गरिएको कुराकानी र मन्दिरमा भएको प्रमाणको आधारमा तत्कालिन राजा रणबहादुर शाहले करीब डेढ सय वर्ष पहिले सो शक्तिपिठको स्थापना गरेका बुझिन्छ ।

सुरुमा राजाले माताको पिठलाई भारतको विन्ध्याचलबाट ल्याई स्थापाना गरेपनि मुर्तिको प्रतिमा भने वि. सं. १९३४ मा स्थापना गरिएको प्रमाण मन्दिरको ताम्रपत्रमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *