Categories समाचार

रौतहटबाट नक्कली नोटसहित दुई जना पक्राउ

बिरगंज । रौतहटबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्।

चन्द्रपुर नगरपालिका-१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोटसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका-५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय छन्।

Advertisement

इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले चपुरबाट गौरतर्फ जाँदै गरेको बिआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *