Categories समाचार

आजै प्रधानन्यायाधीशमा नियुक्त राउतले लिए पद तथा गोपनीयताको शपथ

बिरगंज । आइतबार मात्रै प्रधानन्यायाधीशमा नियुक्त प्रकाशमानसिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल नवनियुक्त प्रधानन्यायाधीश राउतलाई शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

Advertisement

आइतबार मात्रै राष्ट्रपति पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।

Advertisement

यसअघि राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *