Categories समाचार

दुर्गा मेला लागेको स्थानबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ

रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–६ स्थित दुर्गा मेला लागेको स्थानबाट एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५६ वर्षीय भोला राय यादव रहेका छन्, जो सोही वडाका स्थानीय बासिन्दा हुन्।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरी गस्ती टोलीले यादवलाई शंका लागि जाँच गर्दा उनको साथबाट मेडइन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपक कुमार रायका अनुसार, यादवको पेस्तोलमा एक साइडमा ‘अटोमेटिक पेस्तोल, मेड इन यूएसए’ र अर्को साइडमा ‘अटोमेटिक पेस्तोल नाइन एमएम नाइन राउण्ड’ लेखिएको छ।

Advertisement

प्रहरीका अनुसार यादवको साथबाट पेस्तोलसँगै त्यसको म्याग्जिन, चार राउण्ड गोली, र सर्ट गनको दुई राउण्ड गोली समेत बरामद गरिएको छ। हाल यादवमाथि थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *