Categories एजेन्सी

जम्मू कश्मीरबाट राष्ट्रपति शासन हटाइयो, ओमरले आज मुख्यमन्त्रीको शपथ लिन सक्ने

Advertisement

भारत । जम्मू कश्मीरमा नयाँ सरकार गठन हुनुअघि राष्ट्रपति शासन हटाउने आदेश आइतबार राति जारी गरिएको थियो। राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ मुख्यमन्त्रीको शपथ लिनुअघि नै राष्ट्रपति शासन अन्त्य गर्ने आदेश जारी गरेको गृह मन्त्रालयले जनाएको हो।

जम्मू कश्मीरमा अन्तिम विधानसभा चुनाव १० वर्षअघि सन् २०१४ मा भएको थियो। चुनावपछि बीजेपी-पीडीपीले गठबन्धन सरकार बनायो।

Advertisement

तर २०१८ मा, भाजपाले समर्थन फिर्ता लिएपछि सरकार ढल्यो र महबूबा मुफ्तीले सीएमको पदबाट राजीनामा दिइन् । त्यसयता जम्मू कश्मीरमा राष्ट्रपति शासन लागू भएको थियो ।

Advertisement

अब नेशनल कन्फ्रेन्सका उपाध्यक्ष ओमर अब्दुल्लाले आज मुख्यमन्त्रीको शपथ लिन सक्नेछन् । विधानसभा चुनावमा पार्टीले ४२ सिट जितेको थियो भने सहयोगी कांग्रेसले ६ सिट र माकपाले एक सिट जितेको थियो । नतिजापछि नेशनल कन्फ्रेन्स प्रमुख फारुक अब्दुल्लाले ओमर मुख्यमन्त्री हुने बताएका थिए ।

अक्टोबर १० गते बसेको बैठकले उनलाई व्यवस्थापिका–संसदको नेता चयन गरेको हो । यसपछि, ओमर ११ अक्टोबरको साँझ श्रीनगरको राजभवन गए र एलजी मनोज सिन्हालाई भेटेर जम्मू कश्मीरमा इन्डिया ब्लक सरकार गठन गर्ने दाबी गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *