Categories एजेन्सी

जब सिंगापुरमा एयर इन्डियाको विमानलाई लडाकु विमानले घेर्‍यो…

Advertisement

तमिलनाडु । भारतको तमिलनाडुस्थित मदुरैबाट सिंगापुर जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको विमानलाई मंगलबार अचानक दुईवटा लडाकु विमानले घेरेपछि यात्रुहरू नराम्ररी आत्तिएका थिए । 

मंगलबार सोसल मिडिया प्लेटफर्म एक्सको पोस्टमार्फत एयर इन्डियाका सात विमानहरूमा बमको धम्कीसहितको सन्देश प्राप्त भएको थियो । यसपछि सुरक्षा निकायले विभिन्न विमानस्थलमा तत्कालै आतङ्कवाद विरोधी अभ्यास गर्नुपरेको थियो । 

Advertisement

एयर इन्डिया एक्सप्रेसको उडान (उडान नम्बर आईएक्स६८४) मदुरैबाट सिङ्गापुर जाँदै थियो । अन्य विमानहरूसँगै यसमा पनि बमको धम्की आएको थियो । धम्की पाएपछि सिंगापुर वायुसेनाले यस विमानको सुरक्षाका लागि आफ्ना दुईवटा एफ-१५एसजी लडाकु विमानहरू पठायो । 

Advertisement

सिङ्गापुरको लडाकु विमानले एयर इन्डियाको उडानलाई सघन जनसङ्ख्या भएको क्षेत्रबाट टाढा लगेको थियो। त्यसपछि निर्धारित समयभन्दा एक घण्टा पछि १० बजेर ४ मिनेटमा विमान चाङ्गी विमानस्थलमा अवतरण भएको थियो । अवतरण पछि विमानको जाँच गरियो । तर धम्की अफवाह साबित भयो।

प्रहरीले राति ८:२५ बजे बमको धम्कीको सूचना पाएको र विमान अवतरणपछि अनुसन्धान पुरा गरेको जनाएको छ । जनतामा जानीजानी त्रास फैलाउनेलाई कारबाही गरिने प्रहरीको भनाई छ ।

फ्लाइट ट्र्याकर फ्लाइटराडारले विमानले अवतरण गर्नु अघि करिब एक घण्टा पूर्वी सिंगापुरमा परिक्रमा गरेको देखाएको छ। घटनाको जानकारी दिँदै सिंगापुरका रक्षामन्त्री एनजी हेनले ट्वीटरमा लेखेका छन्, ‘एयर इन्डिया एक्सप्रेसले सिङ्गापुरका लागि उडेको विमानमा बम रहेको इमेल प्राप्त भएको थियो । यसपछि, हाम्रा दुई लडाकु विमानले विमानलाई जनसङ्ख्या भएको क्षेत्रबाट टाढा लगेर सिंगापुर चाङ्गी विमानस्थलमा सुरक्षित अवतरण गराए । विमान आज राति करिब १०:०४ बजे सकुशल अवतरण भएको थियो ।’

एक दिन अघि मात्र सामाजिक सञ्जालमार्फत मुम्बईबाट प्रस्थान गर्ने तीन अन्तर्राष्ट्रिय उडानहरूमा बमको धम्की दिइएको थियो । त्यसपछि मंगलबार ७ वटा विमानमा बमको धम्की आएको थियो । 
जी न्यूज

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *