काठमाडौं । काठमाडौं महानगरपालिका-३२ तिनकुने गैरीगाउँ सडकमा कारको ठक्करबाट एक जना पुरूष घाइते भएका थिए। सर्लाही घर भई गैरीगाउँ बस्ने ५१ वर्षीय विनोद महरा भन्ने राम विनय राम कारको ठक्करबाट घाइते भएका हुन् ।
कारको ठक्करबाट घाइते भएका रामलाई चालकले अस्पताल पुर्याएरका थिए । तर, घाइते रामलाई केएमसी अस्पतालमा पुर्याएपछि भने चालक फरार भएका थिए र रामको उपचारको क्रममा आइतबार मृत्यु भएको थियो।
उक्त घटनापछि फरार रहेका चालकलाई खोज्न प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरबाट संयुक्त टोली खटिएको थियो। खोजी गर्नेक्रममा मोरङ विराटनगर उपमहानगरपालिका-१७ घर भई ललितपुर महानगर-१ कुपण्डोल बस्ने ४० वर्षीय चालक निरज विष्टलाई प्रहरीले कुपण्डोलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ परेका चालकमाथि थप अनुसन्धान अघि बढाएको छ। चालकको बा ३ च ९४४ को कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ।






