Categories समाचार

प्रहरी समायोजन नहुँदा काम प्रभावकारी बनाउन कठिन : मुख्यमन्त्री सिंह

Advertisement

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारका काम प्रभावकारी बनाउन कठिन भएको बताएका छन्।

Advertisement

नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले संघीय सरकारलाई छिटो प्रहरी समायोजन टुंग्याउन आग्रह गरे।

Advertisement

मुख्यमन्त्री सिंहले भने, “प्रहरी अहिलेसम्म समायोजन नभएकाले प्रदेश सरकारले अपेक्षित काम गर्न सकेको छैन। समायोजन चाँडो टुंग्याइदिन संघीय सरकारलाई अनुरोध गर्दछु।”

Advertisement

उनले नेपाल प्रहरीले सीमित साधनस्रोतका बाबजुद उल्लेखनीय काम गरिरहेको बताए। तर, नेपाल-भारत खुला सीमाबाट हुने तस्करी, भन्सार छली, बढ्दो अपराध र लागूऔषध ओसारपसार नेपाल प्रहरीका लागि चुनौतीपूर्ण रहेको उनले औंल्याए।

मुख्यमन्त्री सिंहले प्रहरीको हालको तलबभत्ताले जीवनयापन कठिन भएको भन्दै प्रदेश सरकारले अन्य माध्यमबाट प्रहरीलाई सहयोग गरिरहेको जानकारी दिए। कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यले सुरक्षा सुनिश्चितता र अपराध नियन्त्रणका लागि प्रहरी अहोरात्र खटिरहेको बताए।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *