Categories समाचार

युवकको पेटबाट निकालियो सिसाको बोतल

Advertisement

वीरगञ्ज । वीरगञ्ज -१८ भवानीपुर निवासी ४० वर्षीय युवक शिवनारायण साहको पेटबाट एक सिसाको बोतल निकालिएको छ ।

गत असोज १३ गते बिहान साहलाई उपचारका लागि वीरगञ्जको एक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा पेटको एक्स–रे गर्दा सिसाको बोतल पत्ता लाग्दा स्वास्थ्यकर्मीहरू चकित भए । तत्पश्चात्, चिकित्सकहरूले तत्काल पेटको शल्यक्रिया गरी आन्द्रा काटेर उक्त सिसाको बोतल निकालेका थिए ।

Advertisement

करिब दुई हप्ता अस्पतालमा उपचार गराएर साह गत मङ्गलवार घर फर्किएका छन् । पेटमा सिसाको बोतल कसरी पस्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

Advertisement

पीडित साहसँग कुरा गर्दा उनले भने, “असोज १३ गते साँझ साढे ८ बजे मेरो होस खुलेको बेला मेरो मलद्वार र पेटमा पीडा भइरहेको थियो । चिकित्सकले मलाई भनेँ कि मेरो पेटमा सिसाको बोतल छ, तर त्यो कसरी पुग्यो भन्ने कुरा मलाई कुनै सम्झना छैन ।”

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *