Categories समाचार

सिरहामा केटीसाथीसँग भेट्न नदिएको निहुमा ‘ड्रग्स’ सेवनकर्ताहरुले गरे आफ्नै साथीको हत्या

Advertisement

जनकपुरधाम । सिरहामा पाँचजना लागूऔषध सेवनकर्ताले आफ्नै साथीको हत्या गरेको खुलेको छ। गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरूले गरेको पुष्टि भएको छ। कृष्णको शव असोज २८ गते साँझ सुखीपुर नगरपालिका–१० स्थित गागन खोलाको किनारमा कम्मरभन्दा माथिको भाग बालुवाले छोपिएको अवस्थामा फेला परेको थियो।

प्रहरी अनुसन्धानका अनुसार, कृष्णको हत्या सँगै दुर्गामेला हेर्न गएका लागूऔषध सेवनकर्ताहरूले क्रुर यातना दिएर गरेका हुन्। हत्या आरोपमा गोलबजार नगरपालिका–१३ डंगराहा टोलका २७ वर्षीय सन्तोष कुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम, र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए।

Advertisement

असोज २७ गते राति कृष्ण र रोहित दुर्गा पूजाको मेला हेर्न सुखीपुर नगरपालिका–१० शिवचौकमा गएका थिए। त्यहाँ उनीहरूको अन्य साथीहरूसँग भेट भएको थियो। डिएसपी पासवानका अनुसार, सबैले मेला स्थलबाट पूर्वतिरको खोलानजिक गई गाँजा र नाईट्राभेट ट्याबलेट सेवन गरेका थिए। त्यसक्रममा, कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने योजना बनाएका थिए, तर अन्य साथीहरूले पनि ती महिलासँग भेट्ने इच्छा व्यक्त गर्दा कृष्णले अस्वीकार गरे। यही विवादले झगडा चर्कियो र रिसको झोंकमा पाँचैजनाले हत्या योजना बनाए।

Advertisement

पाँचैजना मिलेर कृष्णलाई चारैतिरबाट घेरेर धारिलो कैँचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अपराध लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनी, कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर भागेका थिए। असोज २८ गते कृष्णको शव फेला परेपछि अनुसन्धानको क्रममा आफ्नै साथीहरूले हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीले आरोपीहरूलाई पक्राउ गरी कर्तव्यज्यान मुद्दामा म्याद थप गरेर थप अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताएका छन्। साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *