Categories समाचार

रास्वपा कार्यकर्ताले कुटपिट गरेका युवा आफ्नै पार्टीका पालिका संयोजक रहेको खुलासा

Advertisement

पोखरा । आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले आइतबार पोखरामा कुटपिट गरेका युवा आफ्नै पार्टीका पालिका संयोजक रहेको खुलेको छ । कार्यकर्ताले प्रर्दशनका क्रममा उनलाई घुसपैट गरेर आएको भन्दै कुटपिट गरी रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेललाई घाइते बनाएका छन्। उनी अहिले घरमै आराम गरिरहेका छन्।

Advertisement

उनको ओठमा दुइटा टाँका लगाइएको छ। ओठ सुन्निएको छ। आइतबार दिउँसो आन्दोलनमा जाँदा खाएको कुटाइले अहिले पनि शरीर दुखिरहेको पौडेल बताउँछन्। ‘मैले त आफ्नै साथीहरूबाट कुटाइ खाएँ। हिजोको आन्दोलनमा मलाई ठूलो चोट लागेको ओठमा हो। धेरै नै रगत बगेछ,’ उनले भने, ‘अन्त पनि दुखेको छ, घरमै आराम गरिरहेको छु।’ आन्दोलनमा रविका पक्षबाट नाराबाजी गरिरहेका पौडेलले मिनरल वाटरको बोतल प्रहरी भएतिर फ्याँकेका थिए ।

Advertisement

प्रहरीमाथि आक्रमण गरेको भनेर उल्टै रास्वपाका कार्यकर्ताले उनलाई निर्घात कुटपिट गरेका थिए । आफ्ना कार्यकर्ता होइन घुसपैठिया हो भनेर उनलाई रास्वपाका आफ्नै साथीहरूले कुटेका हुन्। शान्तिपूर्ण आन्दोलन मात्र गर्ने नीतिविरूद्ध उनले प्रहरीलाई पानीको बोतलले प्रहार गरेपछि अरू कार्यकर्ताले उनलाई कुटेका हुन्। ‘मलाई बिहानैदेखि रिस उठेको थियो। प्रहरीले आन्दोलनमा जान चोकचोकमा रोकेको थियो,’ उनले भने, ‘मैले पानीको बोतलले प्रहरीलाई हानेर गल्ती गरें, मान्छे नचिनिकन पार्टीकै साथीहरूले मलाई कुटे।’ साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *