Categories एजेन्सी

२४ घन्टामा भारतीय एयरलाइन्सका ७९ वटा जहाजमा बम रहेको झुटो सूचना

बिरगंज । भारतीय अखबार इन्डिया टुडेकाअनुसार सोमबारदेखि मंगलबारसम्मको २४ घन्टाको अवधिमा भारतका विभिन्न एयरलाइन्सका ७९ जहाजहरूमा बम भएको सूचना दिइएको थियो।

बम रहेको सूचना अधिकांश अन्तर्राष्ट्रिय उडानका जहाजहरूमा पठाइएको र आन्तरिक उडानतर्फका जहाजहरूमा पनि बम रहेको सूचना प्रवाह भएको थियो।

Advertisement

इन्डिगो एयरका २३ जहाज, भिस्ताराका अरू २१ वटा जहाज, अकासाका १२ र एयर इन्डियाका २३ अरू जहाजहरू बम रहेको सूचना ह्वाट्सएपमार्फत दिइएको बताइएको छ।

Advertisement

इन्डिया टुडेका अनुसार एक साताको अवधिमा एक सय ६९ वटा जहाजहरूमा फर्जी कल आएको बताइएको छ।

काठमाडौंमा भन्दा पहिले जेद्दा, इस्तानबुल र रियादमा पनि भारतीय एयरलाइन्सका जहाजहरूमा बम रहेको सूचना प्रवाह भएको बताइएको छ।

बम रहेको सूचनापछि सुरक्षाकर्मी परिचालन गरेर चेकजाँच र खानतलासी गर्दा सूचना आएका सबै जहाजहरुमा शंकास्पद वस्तु नरहेको प्रमाणीत भएको थियो।

एकसातादेखि लगातार बम रहेको फर्जी सूचना आएपछि भारतको नागरिक उड्डयन सुरक्षा ब्युरोले सबै एयरलाइन्सका प्रतिनिधिहरूसँग छलफल गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *