Categories समाचार

रास्वपाले पार्टी सभापति लामिछाने पक्राउविरुद्ध आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ।

अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोधविरुद्ध दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वृहत् प्रदर्शन गर्न लागिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

Advertisement

सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ।

Advertisement

लगातार सडक आन्दोलन गरेको रास्वपाले हिजो मात्र प्रर्दशन गरेन। राजनीतिक प्रतिशोधविरुद्ध आफूहरुको लडाइ नरोकिने कार्यवाहक प्रवक्ता झाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *