Categories समाचार

तिहार र छठका सामान किन्न सीमापारि रक्सौलमा भारू १ सय को १ सय ६६ नेरू तिर्दै

वीरगञ्ज । तिहार र छठ पर्वलाई लक्षित गरी भारतीय बजारमा किनमेल गर्न जाने नेपाली ग्राहकले अत्यधिक दरमा भारु साट्न बाध्य भइरहेका छन्। वीरगञ्ज नजिकैको भारतीय बजार रक्सौलमा अहिले नेपालीहरू चाडबाडका लागि आवश्यक सामग्री किन्न पुगेका छन्, तर भारु नहुँदा उच्च दरमा कमिशन तिरेर सामान किन्न बाध्य छन्।

नेपाली ग्राहकले भारु नपाएको अवस्थामा एक सय भारुका लागि १६६ देखि १६८ नेपाली रुपैयाँ तिर्नुपरेको वीरगञ्ज महानगरपालिका–१० निवासी धर्मनाथ सर्राफले जानकारी गराए।

Advertisement

भारतीय व्यापारीहरूले नेपाली रुपैयाँ लिएर कारोबार गर्दा सयकडा ६ प्रतिशतसम्म कमिशन थपेको ग्राहक दीपक सर्राफले बताए। उनले भने, “भारतीय व्यापारीहरूले सामान खरिद गर्दा भारु एक सयको बदलामा नेरू एक सय ६६ देखि बढीमा १६८ रुपैयाँसम्म माग्छन्।”

Advertisement

वीरगञ्जबाट खाद्यवस्तु र कपडा किन्न गएकी मोनरमाले पनि भारतीय व्यापारीले नेरू एक हजारका बदला भारु ६०० मात्र दिएर कारोबार गरेको बताइन्। यस्तै, रानीघाटका संजिव थापा रक्सौल गएका वैद्यनाथ चौधरीले पनि नेरू एक हजारमा भारु ६०० पाएका थिए।

भारतीय बजारमा भारु अभावका कारण नेपाली ग्राहकले बढी दर तिर्नुपरेको देखिएको छ। सुन तस्करी र हुण्डीका कारण सीमाक्षेत्रमा भारुको अभावले कमिशन दर उच्च भएको स्थानीय व्यापारीले बताए। कुनै–कुनै ठाउँमा कमिशन दर सातदेखि आठ प्रतिशतसम्म पुगेको उनीहरूले जनाएका छन्।

वीरगञ्जका ग्राहकलाई भारतीय बजारमा सामान सस्तो लागे पनि कमिशनका कारण महँगो परिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *