Categories समाचार

पर्साको पकाहामैनपुर गाउँपालिकामा बलजप्ती जग्गा जोत्न खोज्दा दुइपक्षबीच झडप , १० जना घाईते

Advertisement

वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा दुइपक्षबीच झडप हुँदा १० जना घाईते भएका छन् । जग्गाको विषयमा धर्मजित मेहता पक्ष र किशोरी महतो पक्षबीच भएको झडपमा दुवैपक्षका १० जना घाईते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार जग्गाको विषयमा दुवैपक्षबीच विवाद भएर झडप भएको र दुवैतर्फका १० जना घाईते भएका हुन् । धरमजित महतो र किशोरी महतोबीच लामोसमयदेखि जग्गाको विवाद रहेको थियो । जग्गाको विवादमा अदालतमा मुद्दा पनि परेको थियो ।

Advertisement

अदालतमा परेको मुद्दामा किशोरी महतो कोइरीको पक्षमा ७५१५ वर्गमिटर जग्गा भोग गर्न भने पछि बढी जग्गा भोगचलन गर्न खोज्दा धरमजीत महतो पक्षबीच झडप भएको स्थानीयले बताए ।

Advertisement

स्थानीयका अनुसार किशोरी महतो पक्षले बढी रहेको जग्गा भोगचलन गर्दा धरमजिय महतो पक्षले नाप नक्शा गरेर मात्रै काम गर्नु भन्दा किशोरी महतो पक्षले बल प्रयोग गरी जोत्न खोज्दा झडप भएको हो ।

झडपका क्रममा धर्मजित मेहता , सुशीला देवी , रामवती देवी , रमेश कुशवाहा , महन्थ महतो कोइरी लगायत घाईते भएका छन् । किशोरी महतो पक्षका राधेश्याम , अमीर मेहता , अनिल कुशवाहा , उमेश कुशवाहा , बृजेश कुशवाहा लगायतका १०/१५ जनाको समूहमा आएका उनीहरुले धर्मजिय महतो पक्षकालाई लाठ्ठीले एक्कासी प्रहार गर्न थालेको धर्मजित मेहताले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *