Categories एजेन्सी

सलमान खानसंग बार्गेनिङ

Advertisement

बिरगंज । बलिउड अभिनेता सलमान खानलाई ग्याङ्स्टर लरेन्स विश्नोईले लगातार धम्कि दिइरहेको कुरा लामो समयदेखि चर्चामा रहेको छ । केहि समय अगाडि एक यूवकले ग्याङ्स्टर लरेन्स विश्नोईको नाम लिँदै सलमानलाई धम्कि दिएका थिए । 

धम्कि दिँदै ती पुरुषले पाँच करोड भारतीय रुपैयाँको फिरौतीसमेत माग गरेका थिए । तर ती युवक जमशेदपुरबाट पक्राउ परिसकेका छन् ।अहिले आएर पुनः एकपटक सलमान खानलाई लरेन्स विश्नोईको नामले धम्कि आएको छ भने एक पटक पुनः पाँच करोड भारु फिरौती माग गरिएको छ ।

Advertisement

धम्कि दिने युवक लरेन्स विश्नोईको भाइ भएको ती युवकको दावी छ । सलमानलाई पुनः एकपटक धम्कि आएको कुरा मुम्बई प्रहरीको ट्राफिक कन्ट्रोलले जानकारी दिएको हो ।

Advertisement

ट्राफिकमा लरेन्स विश्नोईको नामले धम्किपूर्ण म्यासेज आएको थियो । ट्राफिक कन्ट्रोल रुमलाई पठाइएको म्यासेज लरेन्स विश्नोईको भाइले पठाएको भनेर दावी गरेको बताइएको छ । 

धम्किमा भनिएको छ – ‘यदि सलमान खान जीवित रहन चाहन्छन् भने हाम्रो मन्दिरमा गएर माफि माग्नु पर्छ अथवा पाँच करोड रुपैया दिनु पर्छ । यसो नगरिएमा सलमानको हत्या गरिनेछ, हाम्रो ग्याङ आज पनि सक्रिय छ ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *