Categories एजेन्सी

कालो वर्णको छोरालाई जन्म दिएपछि सम्बन्ध विच्छेदको संघारमा चिनियाँ महिला

सांघाई । आमा बन्नु कुनै पनि महिलाका लागि सबैभन्दा खुसीको दिन हुन्छ । तर, चीनमा एक महिलाका लागि भने यो सबैभन्दा दुःखको दिन बन्न पुगेको छ । शिशु कालो वर्णको जन्मिएपछि चिनियाँ महिलाका पतिले पितृत्व परीक्षणको माग गरेका हुन् ।

चिनियाँ पत्रिका चाइना टाइम्समा प्रकाशित रिपोर्ट अनुसार सांघाईकी ३० वर्षीया महिलाले सी–सेक्सनबाट कालो वर्णको शिशुलाई जन्म दिएकी थिइन् । त्यही कारणले यतिबेला उनी आफ्नो विवाह बचाउन संघर्षरत छिन् ।

Advertisement

उनले आफ्नो व्यथा सामाजिक सञ्जालमार्फत साझा गरेकी थिइन् र यस्तो अवस्थामा के गर्ने भन्दै सुझाव मागेकी छन् । ती महिलाका अनुसार छोराको जन्म भएपछि उनका पति पहिलोपटक भेट्न आउँदा छालाको रङ देखेर स्तब्ध भएका थिए ।

Advertisement

उनले छोरालाई बोक्नसमेत मानेनन् । यता, महिला आफू पनि शिशुको छालाको रङ देखेर छक्क परेको बताइन् । उनले आफ्नो कुनै पनि कालो वर्णको पुरुषसँगै सम्बन्ध नभएको पनि दाबी गरेकी छन् ।

यता, छोरा भएको खुसीयाली नमनाएका उनका पतिले सो बच्चा आफ्नो नै भएको सुनिश्चित गर्नका लागि पितृत्व परीक्षणको माग गरेका छन् । महिला यसको लागि पनि तयार भएकी छन् । तर, दुईबिचको भरोसा टुटेको भन्दै उनी दुःखी छन् । 

महिलाले वेबोमा गरेको उक्त पोस्ट यति बेला भाइरल बनेको छ । केहीले बच्चाको कालो वर्ण सामान्य भएको जिकिर गरेका छन् ।

‘नवजात शिशुको छाला पातलो हुने र उनीहरूको रगतको बहाव पनि कमजोर हुने हुँदा कहिलेकाहीँ यस्तो हुन्छ,’ आफूलाई विज्ञ बताउने एक जनाले लेखेका छन्, ‘कालो रातो छाला बिस्तारै गोरो हुँदै जान्छ ।’ समयसँगै छालाको रङ परिवर्तन हुने उनको भनाई थियो ।

केहीले भने उनको पतिको व्यवहार प्रति प्रश्न उठाएका छन् । आफ्नै श्रीमतीलाई शङ्का गरेकोमा धेरैले आक्रोश व्यक्त गरेका छन् । केहीले परीक्षणपछि पतिसँग लामो छलफल गर्न सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *