Categories समाचार

निर्मलाको घटनामा आफूलाई प्रत्यक्षदर्शी बताउने व्यक्ति पक्राउ

Advertisement

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफूलाई प्रत्यक्षदर्शी बताउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी बताउने गोरखा घर भई काठमाडौं बस्ने नवराज अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार नियन्त्रणमा लिएको हो।

सिआइबीले उनलाई मंगलबार चार घन्टा सोधपुछ गरेका थिए। बुधबार फेरि सिआइबीमा हाजिर हुन आउन भने पनि सम्पर्कबिहीन भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मोबाइल घरमै छाडेर हिँडेका उनलाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको ब्युरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

Advertisement

अन्तरवार्ताका प्रस्तोता पत्रकार ऋषि धमला पनि सिआइबी कार्यालय उपस्थित भएका छन्। धमला प्रस्तोता रहेको अन्तर्वार्ताकै क्रममा अर्यालले आफू प्रत्यक्षदर्शी भएको र अभियुक्त को हो भन्नेसमेत थाहा भएको दाबी गरेका थिए।

Advertisement

त्यससम्बन्धमा बुझ्नका लागि बोलाइएपछि धमला पनि बुधबार दिउँसो सिआइबी कार्यालय पुगेका हुन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *