Categories शिक्षा

बिपिएस प्लस २ कलेजकाे मोटिभेसनल तालिम तथा स्वागत कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंजको बिपिएस प्लस २ कलेजका कक्षा ११ काे छात्र तथा छात्राहरुहरुकाे मोटिभेसनल तालिम तथा स्वागत कार्यक्रममा शुक्रबार सम्पन्न भएकाे छ । वीरगंजस्थित होटल भिस्वामा भएकाे कार्यक्रमकाे उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयले उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रजिअ अर्यालले बिधार्थीहरुले अहिले दुःख गरे भोलीको दिनमा आफ्नो लक्ष्य प्राप्त गर्न सक्ने कुरामा जोड दिए । उनले अहिलेका अभिभावकहरुले आफ्ना छोरा छोरीलाई राम्रो सेवा सुविधा तथा शिक्षाको व्यवस्था गरेको कारण बिधार्थीहरुलाई बिग्रिने छुट नरहेको बताए ।

Advertisement

बाटो जति कठिन हुन्छ, सफता पनि त्यती नै उच्च हुने वताउँदै अर्यालले युवाहरुलाई आलोचना भन्दा सृजनामा र आक्रोश भन्दा पनि आग्रहमा ध्यान दिनु पर्ने कुरामा जोड दिए । हाम्रो देशमा सबै नराम्रा नरहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रजिअ अर्यालले युवामा अवस्था वदल्ने सामथ्र्य रहेको बताए । उनले अहिलेको अवस्थामा बिधार्थीहरुलाई बिक्ने र टिक्ने शिक्षामा जोड दिनु पर्ने तथा स्किल डेभल्पमेन्टमा ध्यान दिनु पर्ने औल्याए ।

Advertisement

कलेजका शैक्षिक निर्देशक दिपक पटेलको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रतिक दैनिकका प्रधान सम्पादक जगदिश शर्मा, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, वीरगंज महानगरपालिका शैक्षिक महाशाखाका हरि राउत कुर्मी, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिंकराेड, वीरगंजका प्रबन्धक हासिम मन्सुरी, कलेजका प्रिन्सिपल प्रभात मेहता, प्रशिक्षक राजेश मिश्रा, कलेजका एचआर निर्देशक संदिप कुशवाहा लगायतकाले मन्तव्य राखेका थिए ।

वीपिएस प्लस २ काे आयाेजनामा भएकाे कार्यक्रममा कक्षा ११ मा भर्ना भएका २ सय भन्दा बढी बिधार्थीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *