Categories समाचार

जंगली हात्तीले आक्रमण गर्दा एक व्यक्तिको मृत्यु

काठमाडौं । जंगली हात्तीले आक्रमण गर्दा झापामा एक व्यक्तिको मृत्यु भएको छ ।

दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमण गर्दा स्थानीय ४५ वर्षीय मीनबहादुर भट्टराईको आज बिहान मृत्यु भएको हो।

Advertisement

जंगली हात्तीले बिहान सबेरै स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लागेपछि हात्ती भगाउँदा छिमेकी मीनबहादुरालाई १०० मिटर पर सम्म लखेटेर हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *