Categories रासस

राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ । 

केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभ/हानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो । 

Advertisement

गत कात्तिक २९ गते बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी बचत रकम रु ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । 

Advertisement

विसं २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार यस बैंकको सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३० दशमलव १५ प्रतिशतले वृद्वि भई रु २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार कायम भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा रु १० अर्ब २९ करोड बराबरको विदेशी लगानी र रु. ५८ अर्ब ९६ करोड बराबरको विदेशी ऋणको लेखाङ्कन भएको केन्द्रीय बैंकले जनाएको छ । सो आव मा रु ७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोट चलनचल्तीका लागि निष्काशन गरिएका थिए । बैंकका अनुसार, २०८१ असार मसान्तसम्ममा कूल रु छ खर्ब ९० अर्ब १५ करोड बराबरका विभिन्न दरका नोटहरू चलन चल्तीमा छन् । 

केन्द्रीय बैंकको प्रतिवेदनअनुसार, आव २०८०/८१ मा वाणिज्य बैंकको कूल सम्पत्ति÷दायित्व १२ दशमलव नौ प्रतिशतले वृद्धि भई रु ७२ खर्ब २७ अर्ब ६० करोड, विकास बैंकको सात दशमलव नौ प्रतिशतले वृद्धि भई रु सात खर्ब १७ अर्ब र वित्त कम्पनीहरूको ११ दशमलव दुई प्रतिशतले वृद्धि भई रु एक खर्ब ६९ अर्ब ७२ करोड कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूको कूल सम्पत्ति÷दायित्व एक दशमलव तीन प्रतिशतले घटेर रु पाँच खर्ब ५३ अर्ब ७३ करोड कायम भएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म रु दुई खर्ब ५७ अर्ब ७२ करोड कर्जा र रु १४ खर्ब ३० अर्ब ४६ करोड निक्षेप सुरक्षण गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या २०८१ असारमा एक सय सात रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार पाँच सय ३० रहेको छ । 

प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८०/८१ मा खुला बजार कारोबारका विभिन्न उपकरणमार्पmत कूल रु ४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको छ भने कूल रु आठ खर्ब चार अर्ब ७६ करोड तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा रु एक अर्ब २० करोड स्थायी तरलता सुविधा उपयोग भएको छ । 

आव २०८०/८१ मा चालु खाता रु दुई खर्ब २१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति रु पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । बैंकको प्रतिवेदनमा २०८१ असार मसान्तमा कूल विदेशी विनिमय सञ्चिती रु २० खर्ब ४१ अर्ब १० करोड बराबर कायम भएको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिती १५ अर्ब २७ करोड रहेको छ । २०८१ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव छ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

आव २०८०/८१ मा कूल वस्तु निर्यातमा तीन प्रतिशतले कमी आई रु एक खर्ब ५२ अर्ब ३८ करोड र कूल वस्तु आयातमा एक दशमलव दुई प्रतिशतले कमी आई रु १५ खर्ब ९२ अर्ब ९९ करोड रहेको छ । समीक्षा वर्षमा कूल वस्तु व्यापार घाटा एक प्रतिशतले घटेर रु १४ खर्ब ४० अर्ब ६० करोड रहेको छ । यो कूल ग्रार्हस्थ्य उत्पादनको २५ दशमलव तीन प्रतिशत हो । सो आवमा सरकारको अन्य प्राप्ति समेत गरी रु १० खर्ब ८२ अर्ब ७५ करोड राजस्व सङ्कलन भएको छ । कूल सरकारी खर्च रु १४ खर्ब आठ अर्ब दुई करोड रहेको छ । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *