Categories समाचार

मधेश लोकसेवा आयोगको परीक्षा निष्पक्ष नभएको आरोप

जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको परीक्षा निष्पक्ष नभएको परीक्षार्थीले गुनासो गरेका छन् । २०७८ सालमा भएको कृषि इन्जिनियर सेवा समूहको सातौं तहको लिखित परीक्षामा परीक्षार्थीबीच विभेद भएको खुलेको छ ।

मधेश लोकसेवा आयोगले कृषि समूह कृषि इन्जिनियरको सातौ तहको लिखित परीक्षा २२ मंसिर २०७९ मा लिएको थियो ।

Advertisement

जनकपुरधामको जानकी मध्यमिक विद्यालयको दुईवटा कोठामा परीक्षा भएको थियो । सम्पर्कमा आएका केही परीक्षार्थीका अनुसार कोठा नं. एफ–४ मा लिइएको प्रथम पत्रको परीक्षामा क्याल्कुलेटर चलाउन अनुमति दिइएको थियो भने कोठा नं. एफ– ५ मा क्याल्कुलेटर चलाउने अनुमति दिइएको थिएन ।

Advertisement

त्यसै दिन दुई घण्टापछि भएको दोस्रो पत्रको परीक्षामा एफ–५ मा क्याल्कुलेटर चलाउने अनुमति दिइयो भने एफ– ४ मा दिइएन ।

एकै परीक्षा केन्द्रमा एकै सेवा समूहको लागि कसरी दुई आदेश भयो, साथै केन्दीय लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोगको नियम तथा नामावली वमोजिम परीक्षा नभएको स्पस्ट देखिएको भन्दै परीक्षार्थीहरु आफूहरू मार्कामा परेको गुनासो गरेका छन् ।

एक परीक्षार्थीका अनुसार त्यतिबेला परीक्षापछि यो विषय उठाउँदा आयोगका अधिकारीहरुले उल्टै धम्काएका थिए । पछि यस विषयमा निवेदन दिंदा आयोगले दर्ता समेत दर्ता गरेन । त्यस बेला आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादव थिए ।

‘हामी निवेदन दिन आयोगमा पुगेका थियौं । त्यस बेला अध्यक्षजी बाहिर हुनुहुन्छ । निवेदन दर्ता हुँदैन, तर यो परीक्षा रद्द हुन्छ भनेर हामीलाई आस्वस्त बनाएर आयोगले फर्कायो । दुईवर्षपछि त्यही निष्पक्ष नभएको परीक्षाको रिजल्ट प्रकाशित गरेको छ’, एक परीक्षार्थीले भने, ‘लोकसेवा आयोगमाथि कसरी विश्वास गर्नु ?’ साभार : अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *