Categories समाचार

समाजवादी प्रेस संगठन पर्साकाे बैठक सम्पन्न, स्मृति सभा गर्ने निर्णय

Advertisement

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे दाेस्राे बैठक बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा बसेकाे बैठकले संगठनका सदस्य स्व. नरेश सर्राफकाे दाेस्राे स्मृति सभा गर्ने निर्णय गरेकाे छ । 

बैठकले स्व. सर्राफकाे निधन भएकै दिन मंसिर १५ गते वीरगंजमा दाेस्राे स्मृति सभा गर्ने निर्णय गरेकाे संगठन पर्साका उपाध्यक्ष हरिशंकर शर्माले जानकारी दिए । साेही सभामा संगठनले यस अघि नै स्थापना गरेकाे स्व. नरेश सर्राफ स्मृति पत्रकारित पुरस्कार समेत वितरण गर्ने निर्णय गरेकाे उनले वताए । यस बर्षदेखि वितरण गरिने पुरस्कारकाे राशी रु २१ हजार रहेकाे छ । 

Advertisement

साथै बैठकले पत्रकारिता पुरस्कार वितरणकाे लागि व्यक्ति छनाैट गर्न तीन सदस्यीय समिति समेत गठन गरेकाे छ । जुन समितिकाे सदस्यमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, सल्लाहकार संजय साह र संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन रहेका छन् ।

Advertisement

वीरगंजस्थित नेपाल पाेष्ट डेलीकाे कार्यालयमा बसेकाे बैठकमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रिय सदस्य रामचन्द्र साह, बालगाेपाल थापा, मनाेज चाैधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनाेज पटेल लगायतकाे बिशेष उपस्थिती रहेकाे थियाे भने बैठककाे सहजिकरण संगठन पर्साका सचिव विनाेद पटेलले गरेका थिए ।   

३८ बर्षकाे उमेरमा पत्रकार सर्राफकाे २०७९ मंसिर १५ गते हृदय घातका कारण अल्पायु मै निधन भएकाे थियाे । उनी सगरमाथा टेलिभिजनका पर्सा संवाददाता एवं राष्ट्रि सहारा दैनिकका सह सम्पादककाे रुपमा कार्यरत थिए भने नेपाल पत्रकार महासंघ पर्साका जिल्ला कार्य समिति सदस्य पनि थिए ।  

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *