Categories समाचार

बसको ठक्करबाट ३ वर्षीय बालिकाको मृत्यु

Advertisement

वीरगञ्ज । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका-३ मा स्कुल बसको ठक्करबाट ३ वर्षीय बालिका मान्सी शर्माको मृत्यु भएको छ । मृतक बालिका स्थानीय सरोज शर्माकी छोरी हुन् ।

धनुषा प्रहरीले जनाएअनुसार, बाल आवासीय माध्यमिक विद्यालयको ना १ ख ९६९६ नम्बरको बसले आज बिहान खेलिरहेका बेला बालिकालाई ठक्कर दिएको थियो ।

Advertisement

गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको भए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरे ।

Advertisement

बस चालक उमेश कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *