Categories खेलकुद

कावेरी एकेडेमीकाे वार्षिक खेलकुद समारोह सम्पन्न

वीरगञ्ज । वीरगञ्जस्थित कावेरी एकेडेमीकाे वार्षिक खेलकुद समारोह सम्पन्न भएको छ। एक हप्तासम्म भएका विभिन्न किसिमका खेलकुद चलेको खेलकुद प्रतियाेगीताकाे आज एक समाराेहका बीच पुरस्कार वितरण गर्दै समापन गरिएकाे हाे ।

दौड, क्रिकेट, फुटबल, भलिबल, शटपुट, लङ्गज म्प, कबड्डीजस्ता खेलमा विद्यार्थीहरूकाे उत्साहजनक सहभागिता रहेकाे थियाे ।

Advertisement

समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले विद्यालय नै विद्यार्थीकाे चाैतर्फी विकासकाे थलाे भएकाे बताए । स्वास्थ्यका लागि पनि खेलकुद अपरिहार्य भएकाे बताउँदै उनले यस्ता प्रतियोगितालाइ निरन्तरता दिनुपर्नेमा जाेड दिए ।

Advertisement

कार्यक्रममा पर्सा फुटबल संघका अध्यक्ष अनिल कलवार, मार्सल आर्ट प्रशिक्षक रवि कलवार, स्पोर्ट हाउस वीरगञ्जका निर्देशक सौरभ केडिया, विद्यालय सञ्चालक समितिका अध्यक्ष श्याम तुलस्यान, निर्देशक आयुषी तुलस्यान लगायतकाे उपस्थि ति रहेकाे थियाे । अतिथिहरूले विजयी विद्यार्थीहरूलाई पदक र प्रमाणपत्र प्रदान गरी प्राेत्साहन गरेका थिए ।

विद्यालयका प्रिन्सिपल विशाल साहुका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीलाइ खेलकुद क्षेत्रमा लाग्न अभिप्रेरित गर्छ । यहीँबाट भाेलीका देशका राष्ट्रिय खेलाडी पनि उत्पादन हुने उनकाे विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *