Categories समाचार

सर्वसाधारणलाई जुत्ताको माला लगाउने वडाध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दर्ता

Advertisement

रौतहट । रौतहट स्थित विभिन्न पूर्वाग्रह राखेर सर्वसाधारण लाई जुत्ताको माला लगाएर घुमाउने वडाध्यक्ष सहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ।

जुत्ताको माला लगाएर सर्वसाधारणलाई घुमाउने गढीमाई नगरपालिका ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीसहित ४ जनामाथि इलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता गरिएको हो।

Advertisement

गरूडा नगरपालिका ३ मलाही बस्ने परीक्षण सहनीले माधवनारायण नगरपालिका ७ लौकाहा घर भई हाल मलाही बस्ने वर्ष १८ का राजु सहनीलाई मोटरसाइकलमा बसाई गत मंगलवार गरूडा बजारबाट घर तर्फ जाँदै गरेको थिए ।

Advertisement

सोही क्रममा समयमा चाँदीपुल नजिक सडक खण्डमा गढीमाई वडा अध्यक्ष सहनीसहित नगरपालिका ९ बस्ने सोनेलाल सहनी, सनम सहनी र शैलेन्द्र सहनीले मोटरसाईकल रोकी विभिन्न किसिमको गाली गलौज गर्दै कुटपिट गरी परीक्षण सहनी र राजु सहनीको घाँटीमा जुत्ताको माला लगाई अपमानजनक तथा अमानवीय व्यवहार गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।

उक्त घटनामा संलग्न वडा अध्यक्ष सहनी फरार भएको तथा अन्य तीनजना व्यक्तिहरूलाई सोही दिन पक्राउ गरिएको थियो। वडा अध्यक्षसहित चारैजनामाथि अपमानजनक तथा अमानवीय व्यवहार कसुरमा मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।

तीनैजना इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको, फरार वडा अध्यक्ष सहनीको खोजी भइरहेको तथा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *