Categories समाचार

१५ सयले बढ्यो आज सुनको मूल्य

Advertisement

वीरगञ्ज ।  साताको अन्तिम कारोबार दिन शुक्रवार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रवार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले उकालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ५ सय  रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार छापावाला सुन प्रतितोला १ लाख ६४ हजार  रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यसै गरी, यस दिन चाँदीको मूल्य भने घटेको छ । महासङ्घको अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

शुक्रवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ४१ हजार ८ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ६३ रुपैयाँ  कायम भएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *