जलेश्वर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उपनिर्वाचनको प्रसार प्रसारका दौरान मधेस प्रदेशमा घरदैलो गर्दै हिँडेका छन् ।
महामन्त्री शर्मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार जनिफ खानसँग घरदैलोमा हिँडेका हुन् । महामन्त्री शर्माले नेपाली कांग्रेस आमजनताको विश्वास जितेको पार्टी भएकाले रामगोपालपुर-२ का जनतालाई वडाको उपनिर्वाचनमा कांग्रेसलाई चुन्न आग्रह गरे ।
उनले तराई, पहाड, हिमाल सबै स्थानमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकसाथ लिएर बढ्ने, सबैको सहभागिता गराउने र सबैलाई अवसर दिने एक मात्र पार्टी नेपाली कांग्रेस रहेको भन्दै आफ्नो स्थान र अधिकार सुरक्षित गर्नका निम्ति कांग्रेस उम्मेदवारलाई चुन्न आग्रह गरेका हुन् ।
रामगोपालपुर– २ को वडाध्यक्ष पदमा राजनीतिक दलका सात र ११ स्वतन्त्रसहित १८ जना चुनावी प्रतिस्पर्धामा छन् । जहाँ दुई हजार एक सय ४१ जना मतदाता छन् । साभार






