एजेन्सी । गाजा र लेबनानको बेरुतमा शनिबार इजरायलले फेरि आक्रमण गरेको छ । यी दुवै स्थानमा भएको इजरायली आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।
बेरुतमा शनिबार भएको इजरायली हवाई आक्रमणमा कम्तिमा ११ जनाको मृत्यु भएको लेबनानले जनाएको छ । इजरायली सेनाले क्षेत्र खाली गर्न आह्वान गरेपछि बेरुतमा आक्रमण भएको भएको थियो ।
इजरायलले भने हालसम्म बेरुतमा भएको आक्रमण बारे कुनै टिप्पणी गरेको छैन ।


