Categories समाज

खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई

रौतहट । रौतहट जिल्ला सदरमुकाम गौर स्थित खेतमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशु लाई एक परिवारले रितपूर्वक जिम्मा लिएको छ। गत कार्तिक १५ गते राती देखि प्रादेशिक अस्पताल गौरमा पालनपोषण गरी राखिएको शिशु (बालिका )लाई सोमवार यमुना माइ गाउँ पालिका वाड १ जेठरहिया निवाशी  रघुनाथ सहनि र उनको श्रीमती अनिता सहनिले गोद (जिम्मा) लिएका हुन्। 

जिल्ला अदालत रौतहटबाट सम्पूर्ण प्रकृया पूरा गरि बालिका लाई सहनी परिवारले जिम्मा लिएको अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमिले बताएका छन्। गत कार्तिक १४ गते राती जन्मिएको उक्त नवजात शिशु लाई कसैले गौर नगरपालिका सबगढा गाउँ छेउको खेतमा फालेर गएको थियो।

Advertisement

गत कार्तिक १५ गते बिहान बच्चा रोईरहेको आवाज सुनेर स्थानीयले शिशु लाई उठाएर प्रादेशिक अस्पताल गौरमा पुर्याएको थियो।

Advertisement

केही घन्टा खेतमा रहेकी शिशुको हातको औंलाहरुमा कमिलाले टोकेर घाउ खत बनाएको थियो। प्रादेशिक अस्पतालमा उपचार पछी सुरक्षित पालनपोषण भईरहँदा सोमवार सहनी परिवारले आफ्नो सन्तान सरह राख्ने बाचा गर्दै जिम्मा लिएर गएको अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमिले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *