Categories समाचार

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार मनोज पटेललाई प्रदान गर्ने निर्णय

Advertisement

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, पर्साको तेस्रो बैठक बुधबार वीरगंजमा सम्पन्न भएको छ ।

संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार नेपाल पोष्ट डेलीका सम्पादक मनोज कुमार पटेललाई प्रदान गर्ने निर्णय गरेको छ ।

Advertisement

यस अघि गठित पत्रकारिता पुरस्कार वितरणको लागि नाम छनौट समितिको सिफारिसको आधारमा विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका पत्रकार पटेललाई पुरस्कार दिने निर्णय भएको संगठन पर्साका सह सचिव श्याम सर्राफले जानकारी दिए ।

Advertisement

२१ हजार रुपैया राशी रहेको पुरस्कार संगठनले मंसिर १६ गते आईतबारका दिन आयोजना गर्ने दोस्रो स्मृति सभामा वितरण गर्ने सहसचिव सर्राफले बताए ।

बैठकमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्य मनोज पटेल, सल्लाहकार संजय साह, जिल्ला उपाध्यक्ष रमा थामी, सचिव विनोद पटेल, कोषाध्यक्ष संतोष साह, सदस्यहरु श्याम पासवान, धर्मेन्द्र यादव, जितेन्द्र यादव, श्रवण साह, अमोद शर्मा, सरोज पटेल, प्रदिप साह लगायतको उपस्थिती रहेको थियो ।

यसैगरी बैठकले संगठन पर्साका उपाध्यक्ष हरिशंकर शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको प्रकृति हेर्दा र विभिन्न दृष्टिकोणले नियाल्दा उनलाई सुनयोजित तरिकाले फसाइएको बैठकको निष्कर्ष छ । साथै बैठकले घटनाको निष्पक्ष छानविन गर्न प्रहरीलाई आग्रह गर्न संगठनबाट प्रेस विज्ञप्ती निकाल्न समेत निर्णय गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *