Categories समाचार

पानी जम्ने खाल्डोमा डुबेर डेढ वर्षीय बालकको मृत्यु

बिरगंज । सिराहामा चापाकलबाट निस्केको पानी जम्ने खाल्डोमा डुबेर डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

कर्जन्हा नगरपालिका ६ मिर्चैया धनगढ्हाटोलका सुजित पासवानका डेढ वर्षीय छोरा ऋतिकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी वीरेन्द्र कुमार पासवानले बताए ।

Advertisement

ठुली छोरीलाई विद्यालय पुर्‍याउन गएको बेला खेल्दै बाहिर निस्केका ऋतिक पानी जम्ने खाल्डोमा डुबेको हुनसक्ने वडा नम्बर ६ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।

Advertisement

खाल्डोमा बच्चाको खुट्टा मात्र देखेपछि छिमेकीले चिच्याउँदै गाउँलेलाई बोलाएका थिए।  खोल्डोबाट तत्काल निकाली बेहोस अवस्थामा नजिकैको फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा पुर्‍याए पनि अस्पतालले मृत घोषणा गरेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल सिराहा लगिएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी वीरेन्द्र कुमार पासवानले बताए । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *