Categories खेलकुद समाचार

एनपीएलको विजेताले एक करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने

बिरगंज । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले एक करोड ११ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।

एनपीएलको उद्घाटनको क्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) ले यो घोषणा गरेको हो । प्रतियोगिताको उपविजेताले ५० लाख रुपैयाँ पाउने छ ।

यस्तै तेस्रो हुने समूहले ३० लाख रुपैयाँ र चौथो हुनेले २० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ । कीर्तिपुरमा रहेको त्रिवि मैदानमा आजदेखि शुरू भएको एनपीएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् सुरुआत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *