Categories समाचार

रविलाई राति नै पुर्‍याइयो पोखरा

Advertisement

चितवन । चितवनमा बयान लिने काम सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गाडीमा राखेर राति नै पोखरा लगिएको छ । साहारा चितवन बहुउद्धेश्यिय सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो (बुधवार) राति ८ बजेसम्म बयान लिएर सकिएपछि तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई मध्यरातमा नै पोखरा लगिएको छ ।

लामिछानेलाई राति ३ बजे नै पोखरातर्फ लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Advertisement

चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार बिहान ६ बजे नै लामिछानेलाई पोखरा पुर्‍याइएकाे हो । उनले भने, ‘पर्सा प्रहरीले पनि पक्राउ पूर्जी जारी गरे पनि आइतबार म्याद थप गर्नुपर्ने कारण उहाँलाई राती नै पोखरा लगिएको हो ।’

Advertisement

हिजो दिउँसो लामिछानेकाे बयान चलिरहँदा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्याँसले तितरबितर पारेका थिए । सो क्रममा प्रदर्शनकारी र प्रहरीतर्फ केही घाइते समेत भएका थिए ।

आज बिहान जहाजमा पठाउने गरी टिकट बुक गरिराखेको प्रहरीले हिजोको हुल हुज्जतका कारण सुरक्षा जोखिमलाई आँकलन गरी राति नै गाडीबाट पोखरा लगेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *