Categories कृषि

गढिमाई मेलामा पहिलो पटक बृहत कृषि प्रदर्शनी आयोजना, किसानले खेतीपातीबारे रोबोटसँग कुरा गर्न सक्ने

Advertisement

बारा । बाराको महागढिमाई नगरपालिकामा सञ्चालित विश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाई मेलामा मंसीर १८ गतेदेखी
२४ गतेसम्म बृहत कृषि प्रदर्शनी सञ्चालन भईरहेको छ ।

नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री
प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको उक्त प्रदर्शनी कनेक्ट किसान प्रालिले आयोजना गरेको हो ।

Advertisement

गढिमाई मेला भर्न आउने करोडौँ सहभागिलाई लक्षित गरी पालिकाहरुहरुको स्थानिय उत्पादन, रैथाने बालि र कृषि
सम्बन्धित वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको कनेक्ट किसान प्रालिको अध्यक्ष
सञ्जीता लामिछानेले जानकारी दिनुभयो ।

Advertisement

कृषक, कृषि उपज, बिउ, मल, बजार र उपभोक्ता एकैठाउँमा भेट हुने यस प्रदर्शनीमा किसानले बजार र उपभोक्ता पाउने र कृषि सँग सम्बन्धित कम्पनीहरुले सिधै किसान तथा
उपभोक्ता भेट्दा एक–अर्काको आवश्यक्ता बुझ्ने सहज हुने अध्यक्ष लामिछानेले बताउनुभयो ।

देविको दर्शनबाहेक खेल तमासा, खानपिन र मनोरञ्जन हरेक मेलामा हुने गरेको भएपनि किसानहरुकै लागि केन्द्रित गरेर गढिमाई मेलामा आयोजना गरिएको कृषि प्रदर्शनी पहिलो पटक हो ।

प्रदर्शनीमा पालिकाजोन अन्तर्गत सिन्धुलीको जुनार, रौतहटको ड्रागनफ्रुट, नुवाकोटको कफी, वीरगंजको च्याउ, दही तथा हस्तनिर्मीत सामाग्रि, चितवनको बेसार, सप्तरीको अचार, प्युठानको अर्गानिक मह राखिएको छ ।

त्यस्तै सात प्रदेशको सात फरक परिकार, कोदोको सेलरोटी, कोदोको मम, खुवाको योमरी, मौलीक आलु, गुन्द्रुकको अचार र लोकल खाना समावेस छन् ।

कृषिमा आधुनिक प्रविधि अन्तर्गत थोपा सिचाई प्रविधि, नर्सरी तथा माछाको प्रदर्शनी, कृषि उपकरणमा विभिन्न कम्पनीका ट्राक्टर, रोटावेटर, हार्वेष्ट कम्पाईन तथा अन्य आवश्यक उपकरणहरु राखिएका छन्।

प्रदर्शनीमा किसानहरुले कृषि तथा पशु सेवाका विशेषज्ञहरुसँग कृषि सम्बन्धि विभिन्न समस्या र अवसरको
विषयमा प्रत्यक्ष संवाद गर्ने व्यवस्था समेत मिलाईएको छ ।त्यस्तै कृषि प्रदर्शनीको अर्को खास आकर्षणमा रोबोट पनि रहेको छ ।

किसानहरुले आफ्नो कृषि समस्याको विषयमा सिधै रोबोटलाई सवाल जवाफ गर्न सक्ने ब्यवस्था पनि मिलाईएको छ । कृषिलाई आधुनिक प्रविधिसँग जोड्न कृषि सँग सम्बन्धित कुनै पनि सवाल जवाफ सोध्न सक्ने गरि रोबोटको विकास गरिएको कनेक्ट किसानका राजन दहालले जानकारी दिनुभयो ।

कनेक्ट किसानले आयोजना गरेको उक्त कृषि प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण, परियोजना कार्यान्वयन
ईकाई बारा, कृषि औजार अनुसन्धान केन्द्र, कृषि सुचना तथा प्रशीक्षण केन्द्र, कृषि विभाग, कृषि उद्यम केन्द्र,
कृषि विकास बैंक, नेपाल पर्यटन बोर्ड, अग्नी ग्रुप महिन्द्रा, पतञ्जली, वल्र्डलिंक, जगशक्ती, मनोज ईन्टरनेशनल
ट्रेडर्स, देवकी ट्रेडर्स, जय माँ सरस्वती ट्रेडर्स, आरोह फर्टीलाईजर्स, सिंघानिया ग्रुप, प्योर हनी, लगाएतका
प्रतिष्ठित संस्थाहरुको सहभागिता रहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *