Categories समाचार साहित्य

बैभव वीरगंजको धार्मिक, पर्यटकीय, पर्यटन विशेषाङ्कको मेयर सिंहद्वारा बिमोचन

Advertisement

बीरगंज । वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बैभव वीरगंजको धार्मिक औद्योगिक पर्यटन विशेषाङ्क मुकाम मासिक पुस्तकको बिमोचन गर्नुभएको छ ।

नगरप्रमुखकै कार्यकक्षमा आयोजीत एक कार्यक्रमकाबीच पुस्तक बिमोचन गर्नुहुदै नगरप्रमुख सिंहले बैभव वीरगंजको परिकल्पनालाई सार्थक पार्न आर्थिक, धार्मिक, औद्योगिक र पर्यटन करिडोरलाई समेटेर पुस्तक प्रकाशित भएकोमा खुसी व्यक्त गर्नु भयो ।

Advertisement

उहाँले पर्यटकीय सम्भावनाका हिसावले वीरगंजलाई केन्द्रमा राखेर यस करिडोर अन्तर्गत पर्ने सिम्रौनगढ देखि ठोरी माडी सम्मका गन्तब्य लगायत चुरियामाई सुरुङ्गदेखि यस क्षेत्रका धार्मिक मठमन्दिरलाई समेटेर विशेषाङ्क प्रकासित गरेकोमा मुकाम मिडिया नेटवर्कलाई धन्यबाद व्यक्त गर्नुभयो ।

Advertisement

नगरप्रमुख सिंहले मुकाम भित्र समेटिएका ठोरी माडी देखि सिम्रौनगढ सम्मका साँस्कृतिक ऐतिहासिक गन्तब्य लगायत पर्सा राष्ट्रिय निकुन्ज र चुरियामाई क्षेत्रसम्मको पर्यापर्यटनको सर्किटको रुपमा बैभव वीरगंजको धार्मिक पर्यटकीय सर्किट बनाउन सके यसक्षेत्रमा पर्यटनको विकास गर्न सकिनेमा जोडदिनुभयो ।

उहाँले बैभव वीरगंज अन्तर्गत वीरगंजका धार्मिक स्थलहरुको सौन्दर्यकरण, नगरक्षेत्रको बृहत्तर सरसफाई, प्रवेशद्धारको सौन्दर्यकरण लगायतका कामहरु महानगरपालिकाले गरिरहेको र अझै नगरबासीका चाहना अनुरुप गर्नुपर्ने काम धेरै भए पनि बजेटको अभावको कारण गर्न नसकेकोमा दुःख ब्यक्त गर्दै वीरगंजलाई आर्थिक राजधानि मात्र होईन धार्मिक र पर्यटकिय हिसावले पनि भिजिटिङ हब ‘केन्द्र’ बनाउने अभियानमा महानगर जुटेको बताउनुभयो ।

बिमोचन कार्यक्रममा मुकाम मिडियाका प्रकाशक गिता भुषालले नगर प्रमुख राजेशमान सिंहले वीरगंजलाई पर्यटनका माध्यमबाट बैभव र समृद्ध बनाउने उदेश्यलाई विशेषाङ्क मार्फत आफूहरुले उतार्ने प्रयास गरेको बताउनुभयो ।

विशेषाङ्क बिमोचन कार्यक्रममा नगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरे, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, आमसञ्चार माध्यम प्रबद्र्धन तथा नियमन समितिका संयोजक ध्रुब अधिकारी लगायतको सहभागिता रहेको थियो ।

यसअघि मुकाम मिडीया नेटवर्कका प्रकाशक गिता भुषाल, कार्यकारी निर्देशक जिके पोख्रेलले नगर प्रमुख सिंहलाई पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।

नेपाली र अग्रेजी भाषामा प्रकाशित मुकाम विशेषाङ्कले यसक्षेत्रका गतिविधीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जोड्ने हुँदा पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण योगदान पुग्ने विश्वास लिईएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *