Categories समाचार

ठाकुरराम क्याम्पसमा गरिएको तालाबन्दी खुलाउन समाजवादी विद्यार्थी युनियनको माग

Advertisement

वीरगन्ज । ठाकुरराम बहुमुखी क्याम्पसमा केही दिनदेखि कर्मचारी संगठनद्वारा गरिएको तालाबन्दीले विद्यार्थीहरूको शैक्षिक तथा प्रशासनिक कामकाज ठप्प भएको छ।

यस विषयमा समाधान खोज्न समाजवादी विद्यार्थी युनियन नेपालका इकाई अध्यक्ष दिलखुश देवानले क्याम्पस प्रमुखलाई वार्ता र संवादमार्फत समस्या समाधान गर्न तत्काल दबाव दिएका छन्।

Advertisement

समाजवादी विद्यार्थी युनियनले एक विज्ञप्ति जारी गर्दै तीन बुँदे माग राखेको छ, जसमा निम्न विषयहरू समावेश छन्:

Advertisement
  1. कर्मचारी संगठन र क्याम्पस प्रशासनबीच तत्काल वार्ता गरी तालाबन्दी खुलाउन पहल गरियोस्।
  2. तालाबन्दीका कारण रोकिएका विद्यार्थीका प्रशासनिक कार्यहरूलाई शीघ्र प्राथमिकताका साथ सम्पन्न गरियोस्।
  3. भविष्यमा यस्ता समस्याहरू दोहोरिन नदिन दीर्घकालीन समाधानका लागि ठोस योजना तयार गरियोस्।

समाजवादी विद्यार्थी युनियनका अध्यक्ष दिलखुश देवानले भने, “तालाबन्दीका कारण विद्यार्थीहरूको भविष्यमा गम्भीर असर पर्न सक्छ।

क्याम्पस प्रशासनले यस समस्यालाई चाँडो समाधान गर्न आवश्यक कदम चाल्नुपर्छ। हामीले बारम्बार ध्यानाकर्षण गराउँदा पनि प्रशासनले समस्या समाधानमा चासो नदेखाएकोमा गम्भीर आपत्ति छ।”

यदि मागहरू तुरुन्त सम्बोधन गरिएन भने, युनियनले थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ।

विद्यार्थीहरूका हितका लागि क्याम्पस प्रशासनले शीघ्र कदम चाल्नुपर्ने आवश्यक्ता औँल्याउँदै युनियनले आफ्नो माग पुनः दोहोर्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *