Categories समाचार

एमाले जग्गादानविरुद्धको रिट निवेदन सर्वोच्चद्वारा खारेज

Advertisement

काठमाडौँ l भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेको छ । सञ्चालक मिनबहादुरबाट जग्गादान लिने एमालेको निर्णयलाई कानूनसम्मत ठहराउँदै जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन संयुक्त इजलासले खारेज गरेको हो ।

Advertisement

न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले केहीबेरअघि रिट निवेदन खारेज गरेको विवरण सर्वोच्च अदालतले वेबसाइटमा राखेको छ । तर आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।

Advertisement

गत दशैंको फुलपातीको दिन भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले एमाले केन्द्रिय कार्यालयका लागि जग्गा दान दिने घोषणा गर्दै अर्कोवर्षभित्र भवन समेत बनाइदिने घोषणा गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *