Categories समाचार

बुवाको चक्कु प्रहारबाट छोराको मृत्यु

Advertisement

काठमाडौं l भक्तपुरको भक्तपुर नगरपालिका–२ मा बुवाले चक्कु प्रहार गरेर छोराको हत्या गरेका छन् ।

गएराति घरायसी विवादमा अछामको कमलनगर नगरपालिका–६ घर भएर भक्तपुर बस्ने ६३ वर्षीय दीप बहादुर शाहीले ३१ वर्षीय छोरा नरेन्द्र बहादुर शाहीलाई चक्कु प्रहार गरेका हुन् ।

Advertisement

६३ वर्षीय दीप बहादुरले चक्कु प्रहार गर्दा नरेन्द्रको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।

Advertisement

हत्यामा संलग्न दीप बहादुरलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवाद हुँदा उनले छोरालाई तरकारी काट्ने चक्कु प्रहार गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *